सुदूरपश्चिममा कार्यरत ३५ प्रहरीमा कोरोना पुष्टि
2020/09/02, 3:55
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ३५ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले संक्रमण पुष्टि भएका ३५ जना मध्ये १९ जनाले कोरोना जितेको र बाँकी १६ जनाको उपचार भईरहेको जानकारी दिए।

उनका अनुसार कैलालीका सात, कञ्चनपुरका चार, डोटीका तीन, अछामका एक र दार्चुलाका एक जनाको उपचार भईरहेको छ। बाजुराका ६, कञ्चनपुरका ५, अछामका ५, कैलालीका दुई र बैतडीका एक जनाले भने कोरोना जितेको डिआईजी सुवेदीले बताए।