
अछाममा हँसिया प्रहार गरी एक जनाले आफ्नै श्रीमतिको हत्या गरेका छन् । अछामको साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लामा आज हँसिया प्रहार गरी ५२ वर्षका दिपक कुँवरले ४६ वर्षीया श्रीमतिको हत्या गरेका हुन् ।

घरायसी विवादका कारण गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
हसिया प्रहरी गर्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54