कैलालीमा निषेधाज्ञा ३१ गतेसम्मका लागि  लम्बियोः ब्यवसाय खुला, जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने
2020/09/02, 7:26
 
corona

कैलालीमा निषेधाज्ञा थप ३१ गते सम्म हुने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन् । निषेधाज्ञा लम्बिए पनि  व्यापार भने सञ्चालन गर्न पाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ । व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

यसभन्दा पहिले कैलालीमा भदौ ४ गते राति १२ बजेदेखि लागु हुने गरी १४ गतेसम्म निषेधाज्ञा गरिएको थियो । दोस्रो पटक १४ गतेदेखि १९ गते सम्म थप गरिएको थियो । कैलालीमा यो तेस्रो पटक  गरिएको निषेधाज्ञा हो ।

2