एम्बुलेन्स चालकलाई पछ्याउँदा थप १५ जनामा संक्रमण पुष्टि
2020/09/02, 7:55
 
corona

पाँच दिन पहिले भेटिएका सेती प्रादेशिक अस्पतालका कोरोना संक्रमितको सम्पर्कमा रहेका थप १५ जनामा संक्रमणको पुष्टि भएको छ। उनको कन्ट्रयाक्टर ट्रेसिङ गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो।  भदौ १५ गते ८ जना र आज सात जना गरी उनको सम्पर्कमा  रहेका थप १५ जनामा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

आज संक्रमण पुष्टि भएका धनगढी उप–महानगरपालिकाका वडा नम्वर ५ का सात जना पनि एम्बुलेन्स चालककै सम्पर्कमा रहेका व्यक्ति हुन्। उनीहरुको बाह्य ट्राभल हिस्ट्री छैन्। सेती प्रादेशिक अस्पतालले आज वडा नम्वर ५ क ८ जनामा संक्रमण पुष्टि भएको बताए पनि एक जनाको भने पुनः परीक्षण भएको स्वास्थ्य शाखाले जनाएको छ।

यसअघि एम्बुलेन्स चालकलाई कोरोना पुष्टि भएपछि १५ गते उनका परिवारका सदस्यसहित सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको थियो। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले संक्रमित चालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा उनको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गरिएको बताउँदै सम्पर्कमा आएका थप १५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।