संक्रमित कानुन व्यवसायीको सम्पर्कमा आएका काँग्रेस नेतामा कोरोना पुष्टि
2020/09/03, 12:43
धनगढीका संक्रमित कानुन व्यवसायीको सम्पर्कमा आएका कञ्चनपुरका काँग्रेस नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ। काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सह–सचिव मीनबहादुर सिहलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले भदौँ ४ गते धनगढीका कानुन व्यवसायीसँग भेट गरेका थिए।
कानुन व्यवसायमा कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पताल प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको नेता सिहले बताए। धनगढीमा उहाँसँग(कानुन व्यवसायी) बसेर चिया खाएको थिए। ‘उहाँलाई कोरोना पुष्टि भयो।
सुख्खा खोकी पनि लागेकाले परीक्षण गर्दा पोजेटिभ देखियो।’ उनले भने, ‘म सँग सम्पर्कमा आएका सबै जनालाई परीक्षण गर्न आग्रह गर्दछु।’ अहिले आफू महाकाली अस्पतालको आइसोलेसनमा भर्ना भएको उनले जानकारी दिए। स्वास्थ्य अवस्था भने समान्य रहेको सिहले बताए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32