आमालाई जबरजस्ती करणीको आरोपमा ३० वर्षीय छोरा पक्राउ
2020/09/04, 12:48
 
Rape

कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा कृष्णपुर नगरपालिकावाट ३० वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै बृद्ध आमाले छोरा बिरुद्ध मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यौनजन्य हिंसा सहन नसकि ५८ बर्षिया आमाले आफ्नै छोरा बिरुद्ध प्रहरीमा मुद्दा दिएकी छिन् । छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा मुद्दा दायर गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोरा बिरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताए । “मुद्दा दर्ता भइसकेको छ ।“ प्रवक्ता थापाले भने, ‘छोरालाई समेत पक्राउ गरि अनुसन्धान शुरु भइसकेको छ, म्याद थप गरेका छौँ ।’

सानैमा बाबुको स्वर्गबास भएपछि आमाले सुखदुःख गरेर छोरालाई हुर्काएकी थिइन् । श्रीमती सहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका यि पुरुष कोरोनाको कारण भएको बन्दाबन्दीको समयमा घर आएका थिए । स्थानीयले जन्मदिने, संसार देखाउने आमामाथि गरेको कुर्कमको सजाय भोग्नुपर्ने भन्दै यस्ता व्यक्तिमाथि कार्बाही गर्नुपर्ने माग अघि सारेका छन् ।