सानैमा बुवा गुमाएका छोरालाई कञ्चनपुरकी एक आमाले ३० वर्षसम्म पालिन। छोरालाई कहिलै बुवाको कमि महसुस हुन नदिने गरी ती आमाले माया दिएकी थिइन।
तर एकाएक ५८ वर्ष पुगेकी ती आमा कञ्चनपुर प्रहरीको शरणमा एक उजुरी लिएर पुगिन। त्यो उजुरी थियो तिनै छोरो विरुद्ध। उनका अनुसार मदिराले लठ्ठ भएर बारम्बार छोराले यौनहिंसा गर्ने गरेको थियो।
कञ्चनपुर प्रहरीका अनुसार कृष्णपुर नगरपालिका –६ मौरिफाँटाकी ती महिलाले आफ्नै छोराले आफूमाथि यौनहिंसा गरेको भन्दै उजुरी दिएकी हुन्। पटकपटक जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि प्रहरी ती छोरालाई बुधबार नियन्त्रणमा लिएको छ।
अहिले पक्राउ परेका छोरामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32