
कैलाली प्रहरीले वन मुद्धामा फरार चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –११ का ३३ वर्षीय केवल राना, जोशीपुर गाउँपालिकाको वडा नम्बर २ का ३० वर्षीय इश्वर डगौरा, सोही ठाउँका ४१ वर्षीय प्रसाद डगौरा र ५८ वर्षीय हरी कुमाल डगौरा रहेका छन्।

पक्राउ परेकामाथि अदालबाट फैसला भइसकेकोमा उनीहरु फरार सूचिमा रहेको प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। उनका अनुसार अदालतले केवल रानालाई ६१,८४०, इश्वर डगौरा, प्रसाद डगौरा र हरी कुमाल डगौरालाई प्रतिक्ति ६७,८६४ जरिवाना तोकेको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54