कैलालीको लम्की–टीकापुर–खक्रौंला सडकखण्ड निर्माण प्रारम्भका लागि शुक्रबार लम्कीमा छलफल तथा अन्तरक्रिया भएको छ। कार्यक्रममा सहभागीले लम्की–टीकापुर–खक्रोला सडकखण्ड निमार्णका लागि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले सडकखण्ड निमार्णका लागि साईड खाली गरी सहयोग गरीदिन स्थानीयसँग आग्रह गरेका थिए। छन्। कार्यक्रममा सहभागीले सडक निमार्णको क्रममा भत्काउनुपर्ने संरचना तथा जग्गाको मुवाब्जा पुनः मुल्याङ्कन गरी छिटो उपलब्ध गराएमा निमार्ण कार्यमा कुनै अवरोध नहुने प्रतिक्रया दिएका छन्।
करिब डेढ अरबको लागतमा निर्माण हुन लागेको सडक कालोपत्रे ३० महिनामा काम सक्ने गरी ठेक्का सम्झौता भएको हो। निर्माण सुरु हुन लागेको सडकको कुमार कालिका कन्ट्रक्सन, खड्का कृष्ण कन्ट्रक्सन र गाल्भा कन्ट्रक्सन गरी तिन निमार्ण कम्पनीलाई ठेक्का सम्झौता भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडाईले जानकारी दिए।
लम्कीदेखि खक्रौंलासम्म २९ दशमलव ७ किलोमिटर कालोपत्रे गरिने योजना अनुरुप लम्की देखि २ दशमलब ५ किलोमिटर र टीकापुर क्षेत्रमा २ दशमलब ५ किलोमिटर गरी ५ किलोमिटरमा फोरलेनको सडक निमार्ण गरिने छ। तर, अरु भाग भने दुई लेनको नै रहने बताइएको छ।