
अछामको कैलाश खोलामा शुक्रबार एक महिला मृत अवस्थाका फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर -९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो साझ खाना ढिला पकाएको बिषयमा रेश्माको श्रीमान् निरजसंग सामान्य बिवाद भएको थियो । हिजो राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शब आज बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54