जिल्ल प्रशासन कार्यालय कैलालीले आजदेखि निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा हटाएपनि सेवाग्राहीको घुईचो हुने जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय नागरिकहरुका लागि भने भदौ ३१ गतेसम्म बन्द नै रहनेछन् ।
यी कार्यालयहरु अत्यावश्यकीय कामका लागि भित्रि रुपमा खुला रहनेछन । भदौ ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी वितरण गर्ने कार्य बन्द रहने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निषेधाज्ञा हटाए पनि कोरोना रोकथामका लागि सावधानी भने अपनाईने बताए । प्रजिअ बोहराले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म बजार खुला रहेपनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने सबै चिज बन्द रहने बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म भने निषेधाज्ञा यथावत रहनेछ ।
आजदेखि कैलाली जिल्ला भित्र सार्वजनिक र नीजि सवारी साधनहरु चल्न दिईनेछ । चैत ११ पछि पहिलो पटक यस्तो निर्णय गरिएको हो । यद्यपि जिल्लाभित्र सवारी साधन चलाउन जोर बिजोर प्रणाली लागु गर्नुका साथै सवारी साधन सञ्चालन गर्दा यात्रु संख्या र मापदण्ड भने तोकिएको छ ।