डोटीको बडीकेदार गाउँपालिकामा निषेधाज्ञा, एक टोलबाट अर्को टोल जान नपाइने
2020/09/05, 3:56
 
korona

डोटीको बडीकेदार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र आवजजावत गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ। 

कोरोना संक्रमण फैलिन रोकथाम तथा उपचार सम्बन्धी कार्यलाई व्यवस्थीत र प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै गाउँपालिकाले एक टोलबाट अर्को टोलमा जान समेत बन्देज गरेको छ। 

कार्यपालिकाको बैठकले बाहिरबाट गाउँपालिकामा आउने नाकाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताइन।  ‘अहिले कैलालीमा जारी भएको निषेधाज्ञा खुलेको छ। त्यहाँ भारतबाट आएर यहाँका स्थानीय बसेका छन्।  त्यहाँ खुलेपछि धामाधम यहाँ आएर कोरोनाको जोखिम बढ्ने देखिन्छ’ उनले भनीन, ‘त्यही जोखिमलाई केहि हदसम्म भएपनि कम गर्न हामीले यस्तो निर्णय गरेको हौं।’

बैठकले भदौ २० गते राति १२ बजेदेखि ३१ गते रातिसम्म व्यापार, व्यवसाय तथा पसलहरु दिनमा ६ घण्टा मात्र सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ। 

उक्त समयमा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन समेत रोक लगाउने निर्णय  गाउँपालिकाले गरेको छ।