मध्यरातमा साथीहरुसँगै जंगल गएका युवकको शंकास्पद मृत्यु
2020/09/06, 11:45
 
death

कैलालीको गोदावरीमा मध्यरातमा साथीहरुसँग जंगल गएका युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय सन्तोश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानहादुर विष्टले गएराती ४÷५ जना साथीसँगै कञ्चनपुरको राजघाट जंगलमा गएका उनी मृत भेटिएको बताए। जंगलमै मृत्यु भएका युवकको शव गएराती नै घर ल्याईएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले परिवारले युवकको करेन्ट लागेर मृत्यु भएको बताईरहेपनि घटनाको अनुसन्धान गरिने बताए। उनले अहिले मृतकको शव घरमै राखिएको बताउँदै प्रहरी टोली त्यहाँ पुगेको जानकारी दिए।