
धनगढीमा भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीले करिब ९६ हजार ५ सय बराबरका फेन्सी कपडा र हार्डवेयर लगायतका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ सान्तोषी टोल र वडा नम्बर १९ फुलवारी ईलाकामा भारतबाट अवैध रुपमा भित्राइएका समान बरामद गरेको हो।
उक्त बरामद गरिएका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54