नक्कली लाइसेन्स बनाएर मोटरसाइकल गुडाउने पक्राउ
2020/09/06, 7:36
 
chor

धनगढीमा नक्कली लाइसेन्स बनाएर मोटरसाइकल गुडाउने एक युवक पक्राउ परेका छन्।  उपमहानगरपालिकाको वडा नम्बर १९ बस्ने २५ वर्षीय नवराज चौधरी यातायात व्यवस्था कार्यालय सेतीबाट जारी गरिने सवारी चालक अनुमतीपत्र किर्ते गरी मोटासाइकल चलाइरहेको अवस्थामा २०७२ असोज २२ गते रंगेहात पक्राउ परेका थिए।

पक्राउ परेका चौधरीलाई प्रहरीले अदालतमा पेश गरेको थियो। तर अदातलबाट धरौटीमा छुटेका उनी फरार भएका थिए। उनलाई २०७३ जेठ २५ गते जिल्ला अदालत कैलालीको फैसलाले ११ महिना कैद र ५० रुपैँया जरिवाना सुनाएको थियो।

फरार अवस्थामा रहेको चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।