भारतबाट घर फर्किने नेपालीहरुको संख्यामा कमि हुन सकेको छैन् । सोमबार भने राती ९ बजेसम्म नेपालीहरु सीमा नाका त्रिनगर पुगेपछि उनीहरुलाई मोबाईलको उज्यालोको सहरामा नेपाल प्रवेश दिईएको छ ।
नाकामा कञ्चनपुरको टोली तैनाथ गरिएपछि कैलालीले सीमा क्षेत्रमा लगाएको बत्ती काटेपछि नेपाली सीमा क्षेत्र अन्धकारमय बनेको छ । तर भारतीय सीमा क्षेत्र भने झिलिमिली छ । सोमबार झण्डै त्रिनगर नाका भएर एक हजारको हाराहारीमा नेपालीहरु घर फर्किएका छन् ।
रातीको समयमा हँगो भाँडा तिरेर घर फर्किएकाहरु गन्तव्यतिर लागेका छन् । मौकामा चौका हान्न पल्केका वस व्यवसायीहरुले तोकिएकोभन्दा तीन चार गुणा वढी भाडा लिएर घर फर्किएकाहरुलाई लुटिरहेका छन् । तर यस वारेमा स्थानीय प्रशासन र प्रहरी वेखबर रहेका छन् ।