
कैलालीमा मोबाईल चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष १९ का सन्देश बिक र अन्य २ जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर ४ मौरनियाका बलिराम थारुले संचालन गरेको मोबाईल ग्यालरीबाट उनीहरुले मोबाईल चोरी गरेको आरोप लागेको छ।
उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजारहरु समेत बरामद गरिएको छ। चोरी शिर्षकमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/07/23, 1:52
2022/04/17, 5:13
2022/07/12, 12:07