डडेल्धुरा र डोटी प्रयोगशालामा परीक्षण घट्योः २२२ जनाको मात्रै परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
2020/09/08, 2:48

डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा रहेको प्रयोगशालामा कोरोना भाईरसको परीक्षण घटेको छ । पर्याप्त स्वाब नभएपछि दुबै प्रयोगशालामा परीक्षण घटेको हो । दुबै प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २२ नमुना मात्रै परीक्षण गरिएको छ ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको मात्रै कोरोना परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/07/23, 1:52
2022/04/17, 5:13
2022/07/12, 12:07