
खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ ढिमौला भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा कैलालीको कैलारी गाउँपालिका–२का २० वर्षीय रज्जित चौधरीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

सोमबार साँझ उनी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको र उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिए।
उनका अनुसार ट्याक्टर ‘अन टेष्ट’ रहेको छ। ट्याक्टर बालुवा बोकेर जाँदै गरेको थियो। चालक कञ्चनपुरको बेलडाँडी नगरपालिका–३ का श्यामलाल डगौरालाई नियन्त्रणमा लिएको उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54