भालुको आक्रमणबाट बालक गम्भिर घाइते
2020/09/08, 5:14
 
Gaite

अछाममा भालुको आक्रमणबाट एक बालक गम्भिर घाइते भएका छन्। मंगलबार भालुको आक्रमणबाट जिल्लाको मंगलसेन नगरपालिका –१ ढुङगनीका १२ वर्षीय छत्र थापा घाइते भएका हुन। 

घर नजिकै रहेको मकैबारीमा बाख्रा चराउने क्रममा थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछाममा सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बातए। घाइते बालकको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको उनले बताए। 

आक्रमणबाट बालकको मुखको तल्लो बंगरा भाँचिएको, अगाडिको २÷३ वटा दाँत झरेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।