‘बहुगुनी धानको बिउ, नफस्टाउदा बैगुनी भयो’–पञ्चशक्ति कम्पनीको धानको बिउबाट किसान ठगिए
2020/09/08, 9:45
 
dhn biu

धनगढी उपमहानगरपालिका–६ जालीका किसान दिपेन्द्र कुवँरले ५ कट्ठामा धान खेती गरेका छन । कृषी कार्यालयबाट धानको बिउ ल्याएर रोपे । अरूका जमिनमा रोपेको धान पाकेर काट्नु पर्ने भईसक्यो । उनले रोपेको धान भने अझै फूलेको छैन् । गतबर्ष गरीमा धानले ठगेका कुवँरले यसबर्ष त्यस्तो नहोस् भनेर कृषी कार्यालयको सिफारीषमा धानको बिउ रोपे तर काट्ने बेलासम्म नफूलेपछि चिन्तित बनेका छन् । उनले भने ‘गत बर्षको मेहनतपनि उस्तै खेर गयो, यसबर्षपनि अहिलेसम्म फुलेको छैन्, कृषी कार्यालयमै गएर धानको बिउ ल्याएको र अहिलेसम्म धान पसाउने कुनै सुरसार देखीएको छैन् ।’

जालीकै धनुलाल चौधरीको पनि एक बिघा खेतको हालत पनि त्यस्तै छ । पञ्चशक्ति सिड कम्पनीबाट धानको बिउ ल्याएर रापेको चौधरी नराम्ररी ठगीएका छन् । उनले भने ‘बहुगुनि जातको धान लगाएको, वरीपरीका सबैको धान पाक्न लाग्यो मेरो खेतमा भने अझै पसाएको छैन्, कतै ढिलो फुल्ने जातको बिउ हो की भनेर सधै खेतमा पानी लगाईरहेको छु ।’ उनले धान पसाउने आशमै दैनिक ३० लिटर डिजेल खर्च गरेर खेतमा पानी लगाईरहेका छन् ।

चौधरीले पिडा पोख्दै भने ‘अरु रोजगार केही छैन् खेतकै भरमा जिवन गुजारा गरेका छौ, बर्षभरी मेहेनत गरेर धान नफले भोकै मरिन्छ कि भन्ने डर छ ।’ बर्षैपिच्छे बिउबाट आफुहरु ठगीने र धान उत्पादन नहुने गरेको उनको भनाई । यो जातको बिउमा धेरै खज्जर भएको भन्दै अर्काे बर्षदेखी यो बिउँ नलगाउने निर्णय गरेको बताए ।

स्थानीय असराम चौधरीले झन्डै १० कठ्ठामा रोपेको धानको पनि बाला निस्कने सम्भावना देखिँदैन । गतबर्ष गरीमा धानले ठगीएका किसान यसबर्ष राम्रो धानको बिउ रोप्ने सोचमा थिए । धानको बाला निस्केर झुल्ने बेला बालै ननिस्किँदा चौधरी चिन्तित छन । जाली, बिजुली, जाई लगाएतका गाउँका थुप्रै किसानको समस्यापनि उस्तै छ । गत बर्ष कात्र्तिकसम्म कुर्दा समेत गरिमा धानको बाला नलागेपछि किसानले ठुलो घाटा ब्यहोर्नु परेको थियो । यस बर्षपनि भदौ सक्किनै लाग्दासम्म धान नफुलेपछि त्रसित किसान बनेका छन् । किसानले यस बर्ष छुट्टै बिउ लगाएका थिए ।

धनगढीमै बिउ उत्पादन गरिरहेको पञ्चशक्ति बिउ कम्पनीले उन्नत जातको बिउ भन्दै बिक्री गरेको थियो । उक्त कम्पनीले वितरण गरेको धानको बिउ अहिलेसम्म नफूलेपछि किसान चिन्तीत बनेका हुन । बिउ उत्पादन कम्पनीको लापरबाहीले किसानमा यतिबेला कैलालीका किसानमा त्रास उत्पन्न भएको छ । धान काट्ने बेलासम्म पनि खेतमा धान फुल्छकी भन्ने आशमा किसानहरु मोटरबाट पानी तानेर खेतमा लगाईरहेका छन् ।

पञ्चशक्ति बिउ कम्पनी प्राविधिक राजेन्द्र कुजेडाले किसानलाई उन्नत बिउ वितरण गरेको बताए । उनले उन्नत बिउमा केही प्रतिशत खराबी आउनु स्वभाविक भएको बताए । ‘किसानहरुमा उन्नत बिउ सबै एकनासको हुनुपर्छ भन्ने भ्रम सिर्जना भएको छ, उनले भने त्यही कारणले किसानहरुलाई डर लागेको हो, त्यस्तो गुणस्तरहीन भन्ने छैन् ।’उनले एउटा बिउ लगेर अर्को बिउ पर्ने भन्ने नभएको बताए । ‘यसबर्ष मौसमा परिर्वतनको कारण केही खारबी देखीएको हो, कुजेडाले भने गुनासो आएको ठाउँमा कम्पनीले लगातार निरक्षण गरीरहेको छ ।’ उनले बिउमा खराबी भएर उत्पादन नभएको कुरा बिउ परिक्षण गराएर मात्रै पत्ता लगाउन सकिने बताए ।

कम्पनिका अध्यक्ष बिस्नु बुरलाकोटीले पञ्चशक्ति बिउ कम्पनीले अन्नबालीको बिउ उत्पादन गरेर सुदूरपश्चिमका सबै जिल्लामा बिक्री वितरण गरी रहेको बताए । उनले तरकारी, मकै र गहुँको देशभर पठाउने गरेका बताए । उनले धानको बिउमा समस्या देखीएको स्थानमा कम्पनिको तर्फबाट नियमीत अनुगमन भईरहेको बताए । यसबर्ष छिटो र धेरै पानी परेको कारणले उत्पादनमा केही कमी आएको बताए ।

जात अनुसार ढिलोचाडो पाक्ने भएको कारणले सबै धान पाक्ने उनले दाबी गरे । ‘केही जात ढिलो पाक्ने भएको कारण अहिलेसम्म नफूलेको हुनसक्छ, उनले भने यदी धान उत्पादन नभएको र बिउमा कमजोरी भए कम्पनिले जिम्मेवारी लिन्छ ।’ पञ्चशक्ति बिउ कम्पनी धनगढीमा उत्पादन गरी देशभर बिउबिक्री वितरण गर्छ । कैलाली लगाएत विभिन्न जिल्लाका धेरै किसानहरूले सोही कम्पनी मार्फत धानको बीउ खरिद गरेका थिए ।