
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा आज गरिएको परीक्षणमा दार्चुला र बझाङका चार जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका एकजना, र छब्बिसपाथाभारी गाउँपालिकाका एकजना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक र महाकाली नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको कोरोना परीक्षण गरिएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54