सामूहिक बलात्कारमा परेकी किशोरीको उद्धार
2020/09/10, 7:36
 
rape

सामूहिक बलात्कारमा परेकी बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीको बैतडी प्रहरीले उद्धार गरेको छ । ८ कक्षामा अध्ययनरत उनी गत वर्ष कार्तिकदेखि नै एक जना शिक्षक, गाउँपालिकाका कर्मचारी र ३ जना स्थानीयबाट बलात्कृत हुँदै आएकी थिइन् ।

५ जनाबाट बलात्कृत उनले विहे गरेको ६ महिनामै  बच्चा जन्माएपछि घटनाबारे जानकारी भएको हो । बलात्कारबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले चासो देखाए । मंगलबार साझ प्रहरीले उनलाई उद्धार गरेर सदरमुकाम पु¥याएर उनीसँग सोधपुछ ग¥यो ।

सोधपुछको क्रममा पनि ती किशोरीले आफूलाई ५ जनाले पटक पटक सामूहिक बलात्कार गरेको प्रहरीलाई बताएकी हुन् । उनलाई अहिले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी ) मा राखिएको छ । ३१ वर्षका शिक्षक खड्कसिंह बोहरा, गाउँपालिकामा कार्यरत कर्मचारी केशव बोहरा र स्थानीय रामसिंह बोहरासँगै अन्य २ जना समेत ५ जना स्थानीयले उनलाई बलात्कार गरेको खुल्न आएको छ ।

पछिल्लो समय बालिकाको बयान र आफन्तको जाहेरीका आधारमा प्रहरीले ३ आरोपितलाई नियन्त्रणमा लिएर ६ दिनको म्याद थप गरी अनुसन्धान पनि सुरु गरिसकेको छ । अन्य दुई जनालाई पनि नियन्त्रणमा लिन प्रहरी खटाएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले बताए ।