
कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने साल माछा फेला परेको छ । करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने छाला फेला परेको हो ।

बुधवार राती स्थानीयको घरमा पस्न खोजेपछि स्थानीयले समातेर भाँडो राखेर प्रहरीलाई खबर गरेको स्थानीय युवा प्रविन चौधरीले जानकारी दिए । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सो साल माछा उद्धार गरिसकेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए ।
डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तरगत पर्ने साल माछा नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए । कैलाली जिल्लामा यसको संख्या अति न्यून रहेको बताए । यसको छालाको लागि चोरी तस्करी हुँदै आएको उनको भनाइ छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54