डडेल्धुराको परशुराम नगरपालिका वडा–७ सादनीमा बुधबार सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरेको छ। भारतीय सिमावर्ती क्षेत्रमा हुने अपराध न्युनिकरणका साथै सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि विओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल–७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरी शंकर बुढाथोकी र परशुराम नगरपालिका वडा –७ का अध्यक्ष केशब बहादुर बोहराले संयुक्त रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साँदनीको उद्घाटन गरेका हुन्।
सशस्त्र प्रहरीले यसअघि परशुराम नगरपालिका ५ को परिगाँउ र वडा नम्बर ३ को शिर्षमा बोर्डर आउट पोष्ट संञ्चालनमा ल्याई सकेको छ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32