कैलालीमा कोरोना संक्रमितको संख्या १९९६ पुग्यो, ५ सय संक्रिय संक्रमित
2020/09/11, 9:16
 
corona

कैलालीमा कोरोना संक्रमितको संख्या झण्डै दुई हजार नजिक पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार जिल्लामा संक्रमिातको संख्या एक हजार नौँ सय ७३ पुगेको छ ।

एक हजार चार सय ९६ जनाले कोरोना जितेका छन् भने चार सय ७१ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। संक्रमण पुष्टि भएका ६ जनाको भने मृत्यु भईसकेको छ ।संक्रिय संक्रमित मध्ये ९३ जना मात्रै आईसोलेसनमा छन् भने बाँकी सबै होम आईसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढि गोदावरी नगरपालिकामा कोरोना संक्रमित रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकामा कोरोना संक्रमितको संख्या पाँच सय १३ पुगेको छ । यस्तै धनगढी उप महानगरपालिकामा संक्रमितको संख्या तीन सय ६८ पुगेको स्वास्थ्य शाखाले जनाएको छ । एक सय ५८ जना संक्रिय संक्रमित रहेका छन् । 

यस्तै कैलाली जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि भारतबाट आएका नागरिकलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउन क्रम रोकिएको छैन । जिल्लामा चार हजार बढि अटाउने एक सय ८ वटा क्वारेन्टिन भएपनि अहिले ११ महिला र ४२ पुरुष गरी ५३ जनालाई मात्रै क्वारेन्टिनमा राखिएको छ ।

संक्रमितको संख्या बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले पनि स्वाब संकलनको कार्यलाई तिव्रता दिएको छ । धनगढीमा क्याम्प राखेर दैनिक रुपमा स्वाब संकलन भईरहेको कार्यालयले जनाएको छ।