अछाममा रुखले च्यापिएर एक युवतीको मृत्यु
2020/09/11, 9:18
 
death

अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ।

बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो।

घटना बिहिवार दिउसो साढे ३ बजेतिर भएको स्थानीय बासिन्दाले बताएका छन्। मृतक थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन्।