वडामा स्प्रे र सेनिटाईज गर्ने काम शुरु  
2020/09/11, 12:46
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा दिनप्रतिन समुदाय स्तरमा कोरोना भाईरसका संक्रमित भेटिन थालेपछि विभिन्न संघ संस्था र क्लबहरुले आ–आफ्नो तर्फ बाट संक्रमण फैलिन नदिन प्रयास गरिरहेका छन् । भदौ १६ गते देखि धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा रहेको नमो वृद्ध युवा क्लबले २ वटा वडामा स्प्रे छर्न तथा सेनिटाईज गर्ने काम सम्पन गरेपछि आ देखि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लपले पनि १२ नम्बर वडामा स्प्रे छर्न तथा सेनिटाईज गर्ने काम शुरु गरेको छ ।

2

आयोजक मनकामना युवा क्लवका अध्यक्ष डबल थापाले १२ नम्बर वडामा नमो वुद्ध युवा क्लवको समन्वयमा स्प्रे झर्न काम भईरहेको बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेश जोशी, सेती प्रादेसिक अस्पताल धनगढीका अध्यक्ष दुर्गा तथा लायन्स क्लब अफ धनगढी ८ क्याम्पस रोडको पनि सहभागिता रहेको उनले बताए । अध्यक्ष थापाले वडा नम्बर १२ का सवै टोल तथा मुख्य सडकमा स्प्रे छर्न तथा सेनिटाईज हुने जानकारी दिए । उनले मुख्य सडकमा धनगढी उपमहानगरपालिको दमकल र भित्री सडकमा ६ जना मानिसले काम गरिरहेको बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा रहेको नमो वुद्ध युवा क्लवका अध्यक्ष निरज बिष्टले २ वटा वडामा काम सम्पन्न भएपछि १२ नम्बर वडामा पनि स्प्रे छर्नका लागी मनकामना युवा क्लव संग समन्वय भएको जानकारी दिए । नमो वुद्ध युवा क्लवका संस्थापक अध्यक्ष “एसवि” सेर बहादुर महराले स्थापना कालदेखि नै नमो वुद्ध युवा क्लवले सधै सामाजिक कार्य गदै आएको बताए । उनले ३ वटा वडामा स्प्रे छर्न तथा सेनिटाईज गर्नेका लागी औषधी सेती प्रादेसिक अस्पताल धनगढी र अन्य सहयोग धनगढी उपमहानगरपालिका, सम्बन्धीत वडा कार्यालय र ८ नम्बरमा लायन्स क्लव अफ धनगढी क्याम्पस रोडले सहयोग गरेको बताए ।

4

लायन्स क्लव अफ धनगढी क्याम्पस चेप्टरका अध्यक्ष मिरा आर्चायले लायन्स क्लवले समस्यामा परेका नागकि लाई जहिले पनि सहयोग गदै आएको बताइन् । पछिल्लो समय विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरसले सवै क्षेत्रमा नराम्रो असर पारेका वेला लायन्स क्लवले आफ्नो तर्फ बाट सक्दो सहयोग गरेको बताइन् । उनले आगामी दिनमा समेत प्राकृतिक प्रकोप र विभिन्न कारणले आर्थिक अवस्था कमजोर भएका नागरिक लाई सहयोग गर्ने लायन्स क्लब तयार रहेको दावी गरिन् ।