दिनेश सञ्चार गृहमा आक्रमण, पत्रकारमाथि कुटपिट
2020/09/11, 1:16
 
attack

दिनेश सञ्चार गृहमा आक्रमण भएको छ । १५, २० जनाको समुहले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन् ।

सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका छन ।

धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेको सो समुले आक्रमण र हातपात गरेको संचार गृहले जनाएको छ ।