शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा मृत फेला परेका युवकको घटनाबारे प्रहरी उपरीक्षकको नेतृत्वले छानबिन गर्ने भएकाे छ। सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।
२ जना प्रहरी निरीक्षक रहेको समितिले केहि दिनभित्रै प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जानकारी दिएको छ।
यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन। उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
यद्यपी मृतकका आफन्तले उक्त घटना आत्महत्या नभइ हत्या भएको बताएका छन्।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/05/02, 11:30
2020/12/12, 9:40
2022/08/13, 5:32