बिहेको प्रलोभन देखाएर १३ वर्षीया किशोरीमाथि बलात्कार
2020/09/11, 8:14
 
Rape

बैतडीकी एक किशोरीमाथि बलात्कार भएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीमाथि सुर्नया गाउँपालिका –८ का ३१ वर्षीय अर्जुन साउदले बिहेको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

यस्तै पुर्चौडी नगरपालिका–५ का बाशुदेव पन्तले मोटरसाइकल अर्जुनलाई सहयोग गरेको खुल्न आएको छ। घटनामा संलग्न दुवैजना बिरुद्ध आफन्तले ईलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन्। 

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।