कुमारी बैंकद्वारा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न
2020/09/12, 10:46
 
corona

कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगरले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजेदेखि सुरु भएर चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १, २, ३, ४ र ५ नम्वर गल्ली परिक्रममा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो। 

कार्यक्रममा बैंकले महेन्द्रनगर बजारमा मास्क लगाउन प्रेरित गरी बिभिन्न ब्यक्तिहरुलाई एक हजार थान मास्क र एक सय ५० थान स्यानीटाईजर बितरण गरेको थियो। कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेका थिए।

कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा र चादनी दोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो। सुदूरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि कार्यक्रम उपयोगी हुने बताए। कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा एटिएम संचालनमा रहेको छ।