डडेल्धुराको वन फडानीः प्रदेश सांसद जोशीका स्वकीय सचिव हिरासतमा
2020/09/12, 11:32
 
katha taskari

डडेल्धुरको आलितालमा भएको सालको वन फडानीमा प्रकरणमा थप एक जना थप पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश सभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिव शर्मानन्द जोशीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको  ।

जोशीका सहोदर भाई शर्मानन्द बस्ने घरबाट अवैध काठ बरामद गरिएको थियो ।  यद्यपी सो घर सांसद जोशीकै भएको स्थानीयले बताएका छन । हिरासतमा लिइएका उनलाई आइतबार सरकारी वकिल समक्ष उपस्थित गराइने वन अधिकृत बिष्णुप्रसाद आचार्यले बताए । ‘उहाँ बुधबार आफै निवेदन लिएर वन कार्यालयमा आउनुभएको थियो, त्यसपछि अनुसन्धानका लागि भनेर हामीले हिरासतमा लिएका छौ’ उनले भने । 

भदौ ८ गते आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशीको घरबाट ५७ घनफिट काठ बरामद भएको डिभिजन वन कार्यालयले बताएको छ ।  भदौ ४ गते आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथमा सडक निर्माणका क्रममा काटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको थियो ।

सोही प्रकरणमा भदौ ५ गते सामुदायिक वनका अध्यक्ष र एक जना मजदुरलाई हिरासतमा लिइएको थियो । यस्तै उग्रतारा कन्स्ट्रक्सन नामक निर्माण कम्पनीमा कार्यरत तीन जना पनि हिरासतमा छन । घटना सम्बन्धी अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।