राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको अनुगमन गरेको छ।
चोरी आरोपमा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन बिक हिजो बिहान प्रहरी थुनुवा कक्षको शौचालय भित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि आयोगले अनुगमन गरेको हो। प्रहरीले बिकले आत्महत्या गरेको बताए पनि मृतकका आफन्तले भने हत्या भएको भएको आरोप लगाएका छन्।
राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रहरी थुनुवा कक्षको अनुगमन गरी त्यहाँको बस्तुस्थिति र घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमसेर जबरासंग जानकारी लिएको बताए। उनले घटनालाई गम्भिरताका साथ लिई अनुसन्धानका लागि प्रहरीलाई ध्यानाकर्षण गराइएको बताए।
राष्ट्रिय मानब अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसंगै संचारकर्मीहरुले समेत घटनालाई गम्भिरताका साथ लिई संचार गृहमा आक्रमण गर्नेलाई यथाशिघ्र पक्राउ गर्न प्रहरीले सकृयता देखाउनु पर्ने अको¥याबका सुदूरपश्चिमा संयोजक दीर्घराज उपाध्यायले बताए।
उनले कुनै पनि बहानामा पत्रकार र संचार गृहमा आक्रमण हुनु निन्दनिय कार्य भएको बताउँदै पत्रकारको मनोवल उच्च राख्न आक्रमणकारीहरुलाई यथाशिघ्र कठघरामा ल्याउनु पर्ने बताए। टोलीमा पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाह पनि सहभागी थिए।