सरकारले कालापानी नजिकैको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको कमाण्डरको जिम्मेवारी सम्हाल्न गएका कमाण्डर हेलिकप्टर आउन नसक्दा पैदल व्यासको छांगरु प्रस्थान गरेका छन । गत साउन २३ गते व्यासको नेतृत्व सम्हाल्न दार्चुला पुगेका डिएसपी धिरेन्द्र शाह पैदल व्यासको लागि हिडेका हुन ।
हेलिकप्टर आउँछ भनेर सदरमुकाम खलंगामै एक महिनादेखि रोकिएका डिएसपी शाही १३ जनाको टोली लिएर पैदल छागरु प्रस्थान गरेका हुन । नेपालकै बाटो भएर छांगरु पुग्न राम्रो बाटो नभएको अवस्थामा जोखिम मोलेरै सशस्त्र प्रहरीको टोली छांगरु हिडेको हो । सदरमुकाम खलंगाबाट छांगरु पुग्न ४ दिन समय लाग्छ ।
सशस्त्र प्रहरीको व्यासमा स्थापना भएको गुल्मको सिलन्यास गर्न गहृमन्त्री रामबहादुर थापा आउने तयारी भएपछि डिएसपी शाह पैदल छांगरु प्रस्थान गरेका हुन । सुरक्षा स्रोतका अनुसार गृहमन्त्री आउने भएपछि व्यासको छांगरुमा गुल्म सिलन्यासको पूर्व तयारी गर्न शाह नेपालकै भूमि भएर पैदल छांगरु प्रस्थान गरेका हुन । सशस्त्र प्रहरी नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणएपति एसपी नरेन्द्र वमले भने गुल्मको शिलन्यासको कुराकानी भइरहेको भए समय निश्चित भइनसकेको बताए ।
उनीहरुले आफ्नो लुगा मात्रै बोकेर गएका छन् । छांगरुको गुल्मको लागि जाने अन्य टोली सदरमुकाम खलंगामै छन् । हातहतियार यसअघि बीओपीमा बसेकाहरुको लागि खाद्यान्न ढुवानी गर्न बाँकी छ । गृहमन्त्री आउँदा थप हेलिकप्ट मार्फत छांगरुमा हतियार र खाद्यान्न सामग्री र बन्दोबस्तीका समान ओसार्ने सशस्त्रको तयारी छ ।