डडेल्धुराको भागेश्वरमा तीस मेट्रिक टन क्षमताको कोल्ड स्टोर बन्दै
2020/09/12, 5:49
 
Korona

डडेल्धुराको भागेश्वर गाउँपालिकामा ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर)को निर्माण कार्य सुरु भएको छ । डडेल्धुरामा  तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिने उक्त गाउँपालिकामा कुल ४१ लाखको लागतमा कोल्ड स्टोर बन्न लागेको हो। 
बन्न लागेको कोल्ड स्टोरमा जम्मा ३ वटा चेम्बर रहने ,  कोल्ड स्टोर गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताए।
गाउँमै कोल्ड स्टोर बनेपछि कृषिमा आत्मनिर्भर बन्न खोजिरहेका किसानलाई धेरै सहज हुने रउनिहरुले उत्पादन गरेको तरकारि कुहिएर क्षति नहुने र किसानलाई निकै सहयोग हुने भागेश्वर गाउँपालिका ३ का अध्यक्ष राम बहादुर शाहिले बताए ।
‘गाउँपालिकामा उत्पादन हुने तरकारी तथा फलफुल कोल्ड स्टोरमा राख्न पाएपछि किसानले मिहेनत अनुसारको मुल्य पाउँनेछन्’ । ‘अहिलेसम्म कोल्ड स्टोर नहुँदा कृषकलाई बिउ किन्नुपर्ने बाध्यताको थियो, अब त्यसको अन्त्य हुनेछ।’
कोल्ड स्टोर संचालनका कोटेसन भइसकेको र सप्लार्यस समेत छनौट भइसकेको ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाका गाउँपालिका जलस्रोत अधिकृत देवराज भण्डारीले बताए। 
‘निर्माण कार्य सुरु भइसकेको छ, मंसीरसम्म संचालनमा ल्याउने लक्ष्य रहेको छ’ । ‘अहिले गाउँपालिकामा कृषि सम्बन्धी थुप्रै कार्यक्रम संचालनमा आएकाले कोल्ड स्टोरले किसानलाई धेरै सहज हुनेछ।’ भागेश्वरमा कोल्ड स्टोर बनेपछि नजिकै रहेको अजयमेरु गाउँपालिकाका किसानलाई समेत तरकारी तथा फलफुल थन्क्याउन सजिलो हुने गाउँपालिकाका प्रमुख हर्ष बहादुर रोकाले बताए । 
कोल्ड स्टोर गाउँनजिकै बन्ने खवर सुनेपछि गाउँपालिकाका किसानहरु खुसि भएका छन् ।