खोप लगाएकालाई दादुरा–रुबेला देखियो
2020/09/13, 4:50
 
Dadura

बैतडीमा दादुरा–रुबेलाका तीन जना बिरामी फेला परेका छन्। जिल्लाको  पाटन नगरपालिकाका दुई जना र दशरथचन्द नगरपालिकाका एक जनामा दादुरा–रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका बैतडीले जनाएको छ। 

दशरथचन्द नगरपालिका –२ का २ वर्षीय बालक, वडा नम्बर ६ की १८ वर्षीया किशोरी र पाटन नगरपालिका –४ का ४ वर्षीय बाललमा संक्रमण देखिएको  स्वास्थ्य कार्यालयका  खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बातए।  संक्रमण देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीहरुले उच्च सतर्कता साथ उपचार गरिरहेको उनले बताए। 

संक्रमण देखिएका तीनै जनाले यसअघि खोप लगाएको पाइएको छ। खोप लगाएर पनि दादुरा–रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बातए।