विपन्न वर्गलाई तत्काल राहत वितरणको काम गछौं– प्रवक्ता मुडभरी (भिडियो सहित)
2020/05/21, 8:13
धनगढी उपमहानगरपालिका कुहिएको चामल प्रकरणले राहत वितरण नहुँदा विपन्न वर्ग समस्यामा परेका छन् । अधिकांश वडामा राहत वितरण भए पनि केही वडाहरुमा वितरणको क्रममा कुहिएको चामल परेपछि राहत वितरणको काम रोकिएको हो ।
चुहिएको चामलको विषयमा उपमहानगरपालिकाले आपुर्तिकर्तालाई कालो सुचीमा राख्न सिफारिस गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ ।
खाद्यान्न आपुर्तिकर्तासँग गुणस्तरहीन खाद्यान्न आपुर्ति भएमा त्यसको सट्टा गुणस्तरयुक्त खाद्यान्न दिने सम्झौता भएपनि ठुलो मात्रामा कुहिएको चामल परेकोले त्यो सम्झौता अनुसार अगाडी नवढ्ने धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले खबरकुञ्जलाई बताए । उनले वैकल्पिक उपाय अपनाएर विपन्न वर्गलाई राहत वितरणको काम तत्काल सुरु गरिने बताए ।
2024/04/19, 3:11
2024/04/19, 3:09
2024/04/19, 3:07
2024/04/19, 3:05
2024/04/19, 3:02
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/08, 5:29
2021/03/01, 12:29
2021/09/29, 11:43