
डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार आज थपिएका संक्रमित डोटीको केआइसिंह गाउँपालिकाका ६ पुरुष र दुई महिला गरी ८ तथा अछामको चौरपाटी गाउँपालिकाका तीन पुरुष र तुर्माखाद गाउँपालिकाका एक पुरुष रहेका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54