
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप १४ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ७ का दुई जना, वडा नम्वर ३, ५ र १४ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो। सूचना अधिकारी श्रेष्ठले घोडाघोडी नगरपालिका वडा नम्वर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा ११ पुरुष र पाँच महिला गरी १६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:41
2020/10/30, 9:29
2021/05/10, 9:05
2022/12/05, 11:15