मृगौला प्रत्यारोपणको लागि सहयोग अभियान सुरु
2020/09/14, 9:26
 
mirgaulla

लामो समयदेखि मृगौला रोगबाट ग्रसित, कञ्चनपुरकी सोनु सिनालको मृगौला प्रत्यारोपणको लागि अभियान सुरु भएको छ। हाल अमेरिकामा विद्यावारिधी गरिरहेका सुदूरपश्चिम विश्व विद्यालयका प्राध्यापक टेकेन्द्र भट्टको पहलमा अभियान सुरु गरिएको हो। 

“उहाँहरुको समस्या पहिले देखिनै नजिकबाट बुझेको थिए, आर्थिक अभावले नै प्रत्यारोपण गर्न सक्नुभएको छैन, त्यसैले मृगौला प्रत्यारोपणको लागि लाग्ने रकम जुटाउन यो अभियान सुरु गरिएको हौ।” प्राध्यापक भट्टले भने।

नेपाल सरकारले मृगौला बिरामीको लागि डायलासिस निशुल्क गरे पनि सोनुले विविध कारणले त्यो सेवा पनि पाउन नसकेको उनले बताए। “आर्थिक अवस्था कमजोर भएकाहरुलाइ यो खर्च टार्न ठुलो समस्या हो,” प्राध्यापक भट्टले भने, राज्यले नै उहाँहरुलाइ सहयोग गर्नु पर्ने हो। सायद पहुँच नभएर होला अहिलेसम्म केही सहयोग भएको छैन्।’

सोनुले पछिल्लो एक वर्षदेखि आफु र आफु जस्तै मृगौला रोगीहरुले भोग्नु परेको समस्याहरुलाइ लेख मार्फत उजागर गर्दै आएकी छिन। सुदूरपश्चिममा स्वास्थ्य सेवाकै अभाव र लापरवाहीले गर्दा २०६९ सालमा सोनुले गर्भमा रहेको बच्चाका साथै आफनो मृगौला पनि गुमाएकी थिइन्।

“उहाँका लेखहरुमा हजारौले लायक र शेयर गरेका हुन्छन। त्यसैले शुभचिन्तकहरुको कमि छैन जस्तो लाग्छ। यस्ले पनि अभियानले सफलता पाउने विश्वास गरेका छौ।” भट्टले भने। 

लामो समयदेखि भारत आउजाउ गर्दै उपचार गरिरहेकी सोनु लकडाउनपछि हाल भारतको खटिमामा तपन अस्पतालमै बसेर डायलासिस गर्दै आएकी छिन्। यो अभियानमा नेपालबाट सहयोग गर्न चाहनेले एभरेष्ट बैँक महेन्द्रनगरमा धीरेन्द्र सिनालको नाममा रहेको खाता नम्बर ०५९००५०१२००८७४ पनि जम्मा रकम गर्न सक्नेछन्।