बैतडीमा झण्डै ३५ हजार सहित ७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका ८ खोड्पे बजारस्थित तृप्ती होटेलबाट सोमबार राती दुई बजे ३४ हजार ९ सय नगद सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार होटेलमा बसेर रातीको समयमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको हो।
पक्राउ पर्नेमा पाटन नगरपालिका ८ का राजेश बिष्ट, पाटन नगरपालिका १० का अर्जुन बिष्ट, पाटन ८ कै भरत ऐर, पाटन ८ का मदनराज अवस्थी, पाटन १० का होटले साहु मनोजप्रसाद भट्ट, पाटन ९ का विरेन्द्र बिष्ट र सिगास गाउँपालिका २ का अर्जुन साउँद रहेका छन्।
प्रहरी नायव निरीक्षक चन्द्रराज गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।