
बैतडीमा पिसीआर मेसिन जडानको कार्य सम्पन्न भएको छ। जिल्ला अस्पतालमा स्थापना भएको पिसीआर मेसिनबाट असोज १ गतेदेखि कोरोनाको परिक्षण सुरु हुने भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ। प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर सिंहले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54