
कञ्चनपुरमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–६ का २२ वर्षीय प्रेम सिह साउद र कमल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

सिहको साथबाट १ ग्राम २९० मिलिग्राम र चौधरीको साथबाट ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। दुवै जनामाथि कानुन बमोजिम कारवाही र अनुसन्धान भइरहेको उनले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54