कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन
2020/09/17, 4:25
 
corona

कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको हिजो साँझ मृत्यु भएकोमा आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो।

2

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा शव व्यवस्थापन गरिएको हो। 

2

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।

4

उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो। 

2