कञ्चनपुरको गड्डाचौकीमा कार्यरत ५ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
2020/09/17, 5:49
 
Korona

कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा कार्यरत ५ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ।

सीमा क्षेत्र बोर्डर आउट पोष्ट गड्डाचौकीमा कार्यरत पाँच सशस्त्र प्रहरी र भगतपुर ब्यारेकमा कार्यरत एक जना नेपाली सेनालाई कोरोना देखिएको हो।

कोरोना पृष्टी भएका पाँच सशस्त्र र एक सैनिक सहित ६ जनालार्ई  उपचारका लागि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ।

उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको बिओपी गड्डाचौकीमा कार्यरत पाँच जनालाई कोरोना देखिएसँगै उनीहरुको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर परीक्षण गरिने शसस्त्र प्रहरीले जनाएको छ।