
दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी र्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का मिलन चन्दलाई पक्राउ गरिएको हो।

उनलाई धनगढीकै यातायात कार्यालय नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए। यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
प्रहरी नायव उपरिक्षक विष्टले आक्रमण र कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको बताए। शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54