
अछाम जिल्लाको चौखुट्टे सीमानाकाबाट शुक्रबार एकै दिन भारतको विभिन्न सहरबाट २०४ जना नेपाली नागरिक जिल्ला भित्रिएका छन् । जिल्लाको चौरपाटी गाउँपालिकाका दुई महिला २७ पुरुष गरी २९ जना, मेल्लेख गाउँपालिकाका ३७ जना,साँफे नगरपालिकाका ४६ जना र मंगलसेन नगरपालिकाका ९२ जना अछाम भित्रिएको चौखुट्टे प्रहरी चौकी इञ्चार्ज गणेश बहादुर सिहंले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सीमानाका गौरीफन्टासम्म भारत सरकारको समन्वय र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम तथा पालिकाहरुको पहलमा जिल्ला भित्रिएका प्रहरीले जनाएको छ ।
जिल्ला भित्रिएका सबै २०४ जना नागरिकलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर २१ दिनसम्म क्वरेन्टीनमा राखिने जनाइएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09