चाटर्ड एकाउन्टेन्ट पढ्ने सपनाले बनेका बैंकर
2020/09/20, 10:30
 
pawan adhikary

सीताराम ओझा- पवन चन्द्र अधिकारी सिद्धार्थ बैंकको प्रदेश प्रबन्धक भएर पछिल्लो दुई बर्षदेखि धनगढीमा कार्यरत रहेका छन् । बैंकिङ करियर सुरु भएको १४ बर्ष वितिसकेको छ । बैंकका विभिन्न विभाग र विभिन्न बैंक हुदैं अहिले सिद्धार्थ बैंकको सुदुरपश्चिम हाकिरहेका छन् उनले । उनको सुदुरपश्चिम वसाई पहिलो पटक हो । यसअघि नेपालगंजसम्म आएका थिए ।

2

1

जब धनगढी सरुवा भयो । उनले पनि अरुले भन्ने गरेको जस्तै कल्पना गरेका थिए । सुदुरपश्चिम पिछडिएको ठाउँ भन्ने सोचेका थिए । तर आउँदा फरक अनुभुती गरे । बजार सानो छ । त तिव्र गतिमा विकास भईरहेको देखेका छन् उनले । सुरुवात यसक्षेत्रमा बोलिने भाषाले पनि उनलाई केही असहज गर्यो । तर पछि विस्तारै भाषा पनि बुझ्न थाले ।

2

कृषिको उर्वरभुमीको रुपमा देखेका छन् उनले । विकासलाई कृषि क्षेत्रसँग जोडेर लगानी गर्न सकेमा लगानीका प्रशस्त सम्भावनाहरु देखेका छन् उनले । तरकारी खेती, पोल्टी, खाद्यान्न उद्योगमा बैंकहरुको लगानी सुरक्षित मानेका छन् । उद्योग र कृषिलाई सेतो बनाएर अघि बढेमा धेरै सम्भावना रहेको र ती सम्भावनाहरुमा लगानी गर्ने वातावरण सिर्जना हुने आशा उनको छ । 

4

4

३८ बर्षीय पवनका घरका सदस्य सरकारी जागीरे । उनी मात्रै निजि बैंकमा । बुबा शिक्षक दाई निजामति कर्मचारी । बैंकिङ क्षेत्रमा लागेर उनी खुशी नै छन् । सोचे अनुसारको प्रगति भएकोमा सन्तुष्ट नै छन् ।

2

सरकारी स्कुलमा पढेकालाई प्राथमिकता दिदैन भन्ने सोचेका उनी यहाँसम्म आईपुग्दा क्षमता लगाव र ईमान्दारिता भएमा केही कुराले पनि नछेक्ने अनुभव सुनाउँछन् । बैंकमा काम गर्दा सवैभन्दा ठुलो कुरा ईमान्दारितालाई मान्छन् उनी ।

2

2

आफ्नै मेहनतले यहाँसम्म पुगेका उनी सिधा छन् घुमाएर कुरा गर्दैनन् । जिरो लेवलबाट यहाँसम्म आईपुगेका उनले आफ्नो परिवारलाई राम्रैसँग पालेका छन् । उनको परिवार काठमाण्डौंमा बस्छ । एक छोरा छन् चार बर्षका । श्रीमति क्याम्पसमा पढाउने काम गर्छिन् ।

4

परिवारलाई समय दिन नसकेको मिस गर्छन कहिलेकाही । केही पाउनलाई केही गुमाउनुपर्छ भन्ने सोचेर चित्त वुझउँछन् । बैकिङ करियरमा उनले धेरै गर्न बाँकी छ । रिटायर्ड लाईफको योजना पनि बनाईसकेका छन् उनले । कृषिसँग सम्बन्धित व्यवसाय वा उद्योगमा लाग्ने योजना बनाएका छन् । 

3

4

अर्घाखाँचीमा जन्मिएका उनले एसएलसीसम्म गाउँकै सरकारी स्कुलमा पढे । त्यसपछि उनी काठमाण्डौं गए । घर परिवारको ईच्छा साईन्स पढोस् भन्ने थियो । उनको आफ्नो ईच्छा चाटर्ड एकाउन्टेन्ट बन्ने थियो । त्यही भएर नेपाल कर्मश क्याम्पसमा पढे स्नातक पास भए ।

2

माष्टर पढ्दा पढ्दै एक कम्पनीमा काम थाले । काम गर्दै काम थाले । अधिकांश कक्षाहरु पढ्न जादैन थिए उनी । माष्टरको पहिलो बर्षको परिक्षा दिएपछि दोस्रो र तेस्रो बर्षको पढाई हुन र नतिजा आउन समय लाग्छ भन्ने थाहा पाए ।

5

2

काम गर्दा गर्दै सिए पढ्नका लागि परिक्षा दिए । पहिलो पटक सफल भएनन् । दोस्रो पटकको तयारी गरिरहेका थिए । पछि माष्टर र सिएको परिक्षा एकै समयमा भयो । धेरै साथीहरुले माष्टर पुरा गर्न सुझाव दिए । त्यसपछि उनले सिए बन्ने सपना छोडे ।  त्यही बेला बैंकमा जागीर खुलेको उनका साथीले थाहा पाए ।

5

2

उनलाई आवेदन दिन भने । ती साथीले पवनको बायोडाटा पनि बनाई दिए । दुबै जनाले आवेदन दिए । तर पवन पास भए । उनलाई आवेदन दिन लगाउने उनका साथी फेल ।

5

2

उनलाई जागीर खान मन थिएन तर साथीको फोर्सले जागीर थाले । उनलाई ठाउँ रोजेर एभरेष्ट बैंकले जागीरमा नियुक्ती दियो । उनले रोजे वीरगंज । विरानो ठाउँमा साढे तीन बर्ष विताए । औधोगिक क्षेत्र उद्योग र लगानीका विषयमा स्थलगत जान्ने बुझ्ने मौका पाए । त्यसपछि एक बर्ष काठमाण्डौंको चावहिलमा सरुवा भएर काम गरे ।

3

सिनियर एसिस्टेन्ट भएर कर्जा विभागमा काम गरे । काम गर्दा नै माष्टर पुरा गरेका थिए । तर वढुवा नभएपछि उनले सिद्धार्थ बैंक रोजे । काठमाण्डौंको गठ्ठाघरमा शाखा प्रबन्धकको रुपमा काम थाले । डेढ बर्ष काम गर्दा राम्रो नतिजा दिए बैंकलाई । फाष्ट ट्रयाकबाट वढुवा भए । चार बर्ष नेपालगंज बसे । दुई बर्ष शाखा प्रबन्धक र दुई बर्ष क्षेत्रीय प्रबन्धक भएर काम गरे । 

5

4

सिद्धार्थ छोडेर उनी एनएमबी बैंक गए । त्यहाँ काम गर्दा फरक संस्कार सिके । एनएमबीमा दुई बर्ष मुख्य कार्यालयमा काम गरे । त्यही बेला संघीयता अनुसार प्रदेश कार्यालय स्थापना गर्ने निति आयो । उनी सिद्धार्थ बैंकमा सुदुरपश्चिम प्रदेश प्रबन्धक भएर आए । जुन पदमा उनी अहिले पनि निरन्तर लागिरहेका छन् । आफ्नो क्षमता पनि देखाईरहेका छन् । आगामी दिनमा पवन चन्द्र अधिकारीको उत्तरोत्तर प्रगतिको कामना । 

4

4