
सुदूरपश्चिम प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८ जनाको कोरोना परीक्षण भएकोमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार बझाङका १६ र डडेल्धुरका ४ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार बझाङको जयपृथ्वि नगरपालिकाका ७, केदारस्यूँ गाउपालीकाका ४, मष्ठा गाउपालिकाका ३, बित्थडचीर गाउपालिका र छबिसपाथाभारा गाउपालिकाका १ / १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै डडेल्धुरको अजयमेरु गाउपालिकाका ४ जनामा कोरोना पुष्टि भएको मेडिकल ल्याब टेक्नोलोजिष्ट गणेजुले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54